• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सप्तरीको सुरुङ्गामा चार अर्बको औद्योगिकग्राम स्थापना गरिने 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा औद्योगिकग्राम स्थापना गरिने  भएको छ । 

व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र ४ अर्बको लागतमा ‘बिग इन्डस पदमनगर’ नामको औद्योगिकग्राम स्थापना गर्न लागिएको हो । सो स्थानमा १४ बिघा क्षेत्रफलमा ६ वटा उद्योगको निर्माण हुने भएका हुन् । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार सो ‘बिग पेण्टस् पदमनगर’को शिलान्यास  गर्नुभएको छ । उहाँले यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।  

सो स्थानमा आँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ । आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ । यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

सो औद्योगिक भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ । त्यसै गरी सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेण्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्ने गरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न लागिएको हो । ती उद्योगले ५ सय जनालाई प्रत्यक्ष र ५ हजार परिवारलाई अप्रत्यक्ष रोजगारीको अवसर सृजना हुने बताइएको छ । 

प्रतिकृया दिनुहोस