• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

यु-१९ महिला टी-२० विश्वकप : अष्ट्रेलियासँग हार्दै नेपाल समूह चरणबाटै बाहिरियो

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासँग पराजित भएकाे छ ।

मलेसियाको बांगीमा बुधबार भएकाे खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हाे ।

अष्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकमा रन जाेड्न सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाकी हसरत गिल, जुलिटी माेर्टन र लिली बेसिंगथवाइटले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएकाे थियाे । अष्ट्रेलियाकी काओइम्हे ब्रेले ४५ रन बनाइन् । 

बलिङतर्फ नेपालकी कप्तान पूजा महताेले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।

लगातार तेस्रो हारसँगै नेपाल सुपर सिक्समा प्रवेश गर्न नसकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । नेपाल पहिलाे खेलमा बंगलादेशसँग ५ विकेट र स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो ।

नेपालले पहिलो पटक यु-१९ महिला टी-२० विश्वकप खेलेको हो ।

प्रतिकृया दिनुहोस