मानव अधिकार एलाइन्स वाग्मती प्रदेश अध्यक्षमा हरिबोल आचार्य
काठमाडौं । मानव अधिकार एलाइन्स वाग्मती प्रदेशको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्ष हरिबोल आचार्यको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा केशवराज पन्त भक्तपुर र प्रमीला सुवेदी रामेछाप निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिवमा सन्तराम डङ्गोल, ललितपुर निर्वाचित हुनुभएको छ । सहसचिवमा अञ्जन पौडेल मकवानपुर र प्रतीक्षा केसी ललितपुर निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष सुवर्ण अधिकारी नुवाकोट चुनिनु भएको छ ।
सदस्यहरूमा क्रमशः सन्तोष महर्जन काठमाडौं, राम भट्टराई काठमाडौं, खिलनाथ पौडेल रसुवा, खुसराज पौडेल सिन्धुली सर्वसम्मत हुनुभएको छ । थिर बहादुर थापा (रविन) रामेछाप, भूपेन्द्र पाख्रिन सिन्धुपाल्चोक, कोपिला दवाडी चितवन, दीपेन्द्र महर्जन काठमाडौं, कृष्णलक्ष्मी श्रेष्ठ भक्तपुर, लक्ष्मी कोइराला सिन्धुपाल्चोक र विश्वास नेपाली रसुवा निर्वाचित हुनुभएको छ ।
लेखा समिति संयोजकमा हरि तिमल्सिना सिन्धुपाल्चोक निर्वाचित हुनुभएको छ । लेखा समिति सदस्यहरूमा तिलक कार्की रामेछाप र मित्र घिमिरे ललितपुर निर्वाचित हुनुभएको छ ।
मानव अधिकार एलाइन्स वाग्मती प्रदेश कमिटी अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाही, गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष राम सुवेदी लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।


प्रतिकृया दिनुहोस