नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने टी-२० सिरिजकाे खेल तालिका सार्वजनिक
काठमाडाैं । नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिजको खेल तालिका शनिबार सार्वजनिक गरेको हो ।माघ १७ गतेदेखि २५ गतेसम्म हुने सिरिजका सबै खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
नेपालले पहिलो दिन माघ १७ गते नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । नेपालले माघ १८ गते थाइल्याण्डसँग, २० गते नेदरल्याण्ड्ससँग, २१ गते थाइल्याण्डसँग, २२ गते नेदरल्याण्ड्ससँग र माघ २३ गते थाइल्याण्डसँग खेल्नेछ ।
प्रतियोगितामा हरेक टोलीले एकअर्का विरुद्ध ३-३ खेल खेल्ने छन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस