इन्डाे नेपाल भलिबल : पुलिस र आर्मी विजयी, सेमिफाइनल समीकरण पूरा
काठमाडाैं । रुपन्देहीमा जारी मदन भण्डारी गोल्डकप इण्डाे-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप प्रतियाेगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा पुलिसले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५-१८, दोस्रो सेट २५-१९ र तेस्रो सेट २८-२६ ले जित्यो ।
आजै भएकाे दोस्रो खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३-१ को सेटमा हरायो । आर्मीले पहिलो सेट २५-१७, दोस्रो सेट २५-२१ चौथो सेट २५-१५ ले जित्यो । एपीएफले तेस्रो सेट २५-१९ ले जित्यो ।
आजकाे खेलसँगै इण्डाे-नेपाल भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा समूह 'ए' को विजेता पुलिस र समूह 'बी' को उपविजेता भारतको गुजरात स्टेट भलिबल एसोसिएशन खेल्ने भएका छन् ।
दोस्रो सेमिफाइनलमा समूह 'बी' को विजेता आर्मी र समूह 'ए' को उपविजेता मणिमुकुन्द भलिबल क्लब खेल्ने भएका छन् ।


प्रतिकृया दिनुहोस