यु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा
काठमाडाैं । आईसीसी यु-१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएकाे छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पूजा महतोकाे कप्तानीमा नेपाली टाेली घाेषणा गरेकाे हाे । टाेलीकाे उपकप्तानमा सोनी पाख्रिन छिन् ।
टाेलीमा कप्तान पूजा र उपकप्तान साेनीसहित सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत र कृश्मा गुरुङ छन् ।
आईसीसी यु-१९ महिला विश्वकप माघ ५ गतेदेखि २० गतेसम्म मलेसियामा सुरु हुँदैछ ।
नेपाल विश्वकपमा नेपाल समूह 'डी' मा छ। साे समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले पहिलो खेल बंगलादेशसँग माघ ५ गते, दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग र तेस्रो खेल माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपका लागि नेपाली टाेलीले चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास गरिरहेकाे छ ।


प्रतिकृया दिनुहोस