• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाली सेनाको वीर स्मृति कप पाँचौँ संस्करणको लन टेनिस प्रतियोगिता सम्पन्न

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । नेपाली सेनाको श्री नं ९ वाहिनी अड्डामा सञ्चालित वीर स्मृति कप पाँचौँ संस्करणको लन टेनिस प्रतियोगिता सिन्धुलीमा सम्पन्न भएको छ । 

प्रतियोगितामा खुल्ला डबलतर्फ महासेनानी सुमन खड्का र सेनानी आदित्य प्रताप सिंह प्रथम हुनुभएको छ । खुल्ला सिङ्गलतर्फ प्रमुख सेनानी दीपक बरुवाल प्रथम हुनुभएको छ ।  

भेट्रान्स सिङ्गलतर्फ सहायक रथी राम राणा प्रथम हुनु भएको छ भने भेट्रान्स डबलतर्फ माउर सागर बहादुर केसी र सेनानी आदित्य प्रताप सिंह प्रथम हुनुभएको छ । 

प्रतियोगितामा भेट्रान्स डबलतर्फ, भेट्रान्स सिङ्गलतर्फ, खुल्ला सिङ्गलतर्फ र खुल्ला डबलतर्फ २४ जना सैनिक र दुई जना गैर सैनिक गरी जम्मा २६ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिताको सोमबार बलाध्यक्ष रथी प्रदीपजंग केसीले समापन गरेका गरे । प्रतियोगिताको नेपाली सेनाको मध्यपूर्वी पृतनापति उपरथी सुदर्शन सिल्वालले उद्घाटन गर्नुभएको थियो । 

नेपाली सेनाको वीर स्मृति कप देश तथा नागरिकको रक्षाका खातिर युद्धमा लड्दै जीवन त्याग गरी वीरगति प्राप्त गर्ने सकल दर्जाको सम्झनामा २०७६ सालबाट नियमित सञ्चालन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस