• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्राण्ड एम्बेस्डर

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडा एण्ड जेइको अटोमोबाइल्स (एसपीजी) को ब्राण्ड एम्बेसडर बनेका छन् ।

सोमबार काठमाडौंमा आयोजित समाराेहमा चिनियाँ ओमोडा एण्ड जेइकोका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ए‍ेरीलाई एम्बेसडर घाेषणा गरेकाे हाे । सम्झौतामा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा र दीपेन्द्रले हस्ताक्षर गरेका थिए ।

समाराेहमा दीपेन्द्रलाई ओमोडा इ-फाइभ गाडी हस्तान्तरण गरिएको थियाे । पुस ६ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रले ओमोडा इ-फाइभ गाडी पुरस्कार पाएका थिए । साे पुरस्कार आज हस्तान्तरण गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस