मन्थली नगरपालिकामा कृषि तथा तथा लघु उद्यम प्रदर्शनी मेला हुने
रामेछाप । मन्थली नगरपालिकाले नगरपालिका स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला २०८१ को आयोजना गर्ने भएको छ ।
आगामी पुस १६ र १७ गते जिल्ला समन्वय समितिको प्रङ्गडमा प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरी नगरपालिकाले जानकारी गराएको छ ।
कृषि तथा लघु उद्यमी प्रदर्शनी मेला २०८१ फोकल पर्सन तथा मन्थली नगरपालिकाका शाखा अधिकृत गोविन्द कट्टेलका अनुसार नगरपालिकामा उत्पादन भएका कृषि तथा पशु उपज र लघु उद्यमका उत्पादनको प्रचार प्रसार¸बजारीकरण¸ प्रोत्साहन गर्न मेलाको आयोजना गर्न लागिएको हो ।
मेलामा कृषि तथा लघु उद्यमीलाई निःशुल्क स्टल प्रदान गरिने भएको छ । त्यस्तै प्रत्येक स्टलका एक जानलाई खाना,बस्न र यातायातको समेत व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।
नगरपालिकाले ५३ वटा स्टल निर्माण गरेकोमा ३२ वटा स्टल कृषि उपजहरू फलफूल¸ तरकारी¸ रैथाने बाली¸ कन्दमूल¸ चिया र मह उत्पादन गर्ने कृषिले बुक गरेका छन् । त्यस्तै तीन वटा स्टल दूध जन्य सामाग्रीका उत्पादक¸ १२ वटा स्टल लघु उद्यमीले र ५ वटा स्टल पशु पालक कृषिहरूले बुकिङ गरेका कट्टेलले बताउनु भयो ।
मेलामा सहभागी हुने उत्कृष्ट कृषिलाई सम्मान तथा पुरस्कृत गरिने मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले बताउनु भयो । कृषि तथा लघु उद्यम सम्बन्धी मेला पहिलो पटक गर्न लागेको बताउँदै उहाँले मन्थली नगरपालिकाले कृषि, पशुपालन र लघु उद्यममा ठुलो लगानी गरिसकेकोले त्यसको प्रभाव के पर्यो भनेर हेर्न प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा करिब १२ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।


प्रतिकृया दिनुहोस