कैलालीको चिसापानीमा जालपादेवी केबलकार निर्माण हुने, परराष्ट्रमन्त्रीद्वारा शिलान्यास
काठमाडाैं । कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीमा जालपादेवी केबलकार निर्माण हुने भएकाे छ ।
शनिबार आयाेजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जालपादेवी केबलकारको शिलान्यास गर्नुभएको हो ।
चिसापानीमा बेस स्टेशन रहने साे केबलकारको शीर्ष बिन्दु मोहन्याल गाउँपालिकामा रहनेछ । लम्कीचुहा-३ देखि मोहन्याल-७ राजकाँडासम्म पुग्ने ३ दशमलव १ किलोमिटर लामो दूरीमा साे केबलकार बन्न लागेकाे हाे ।
यस प्रदेशमा यो ठूलो पर्यटन पूर्वाधार बन्न लागेकामा खुशी लागेको परराष्ट्रमन्त्री राणाले बताउनुभयाे ।


प्रतिकृया दिनुहोस