• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एसीसी महिला यु-१९ एसिया कप : नेपाल र श्रीलंकाले अंक बाँडे

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । मलेसियामा जारी महिला यु-१९ एसिया कपको सुपर-४ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएकाे छ । वर्षाका कारण खेल रद्द भएपछि दुवै टाेलीले १-१ अंक जाेडेका छन् ।

आजको खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ राेजेको थियो । नेपालले पहिलो ओभरमै श्रीलंकाको १ विकेट लिएको थियो । तर पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द भयाे । वर्षा नरोकिएपछि दुवै टोलीले अंक बाँडेका हुन्।

यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो ।  समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले १-१ अंक बाँडेका थिए ।

सुपर-४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । नेपालले शुक्रबार सुपर-४ अन्तर्गत बंगलादेशको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस