एसीसी यु-१९ महिला एसिया कप : नेपालले भारतलाई दियाे ९५ रनकाे लक्ष्य
काठमाडाैं । एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनकाे लक्ष्य दिएकाे छ ।
मलेसियाकाे क्वालालम्पुरमा टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे । नेपालका लागि कप्तान पूजा महताेले २५ र एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् ।
बलिङतर्फ भारतकी परुनिका सिसाेदियाले ४ विकेट लिइन् ।
नेपाल समूह चरणकाे पहिलाे खेलमा साेमबार पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा पुगिसकेकाे छ । भारत पनि पाकिस्तानलाई हराउँदै सुपर-४ मा प्रवेश गरिसकेकाे । पाकिस्तान भने लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएकाे छ ।
विश्वकपमा छनोट भएकाे नेपाली टोली यु-१९ एसिया कपमा स्वत: छनोट भएको हो । यु-१९ महिला विश्वकप आगामी वर्षकाे जनवरीमा मलेसियामा हुँदैछ । युएईलाई हराउँदै नेपाल विश्वकपमा पुगेकाे थियाे ।


प्रतिकृया दिनुहोस