एनपीएल : कर्णालीले पोखरालाई ७ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा कर्णालीले पाेखरालाई ७ विकेटले पराजित गरेकाे हाे ।
पाेखराले दिएकाे १ सय ४ रनकाे लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । कर्णालीका गुल्शन झाले नटआउट ४९ र चाडविक वाल्टनले ४२ रन बनाए ।
बलिङतर्फ पाेखराका लागि कप्तान कुशल भुर्तेल, विपिन खत्री र सागर ढकालले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ राेजेकाे पाेखरा १६ ओभर ३ बलमा १ सय ३ रनमा अलआउट भएकाे थियाे । पोखराका लागि दिनेश कार्कीले २६, आन्द्रेश गोसले २५, रेमन राफरले २० र कुशल भुर्तेलले १०रन बनाए ।
बलिङ्तर्फ कर्णालीका विलियम बोसिस्टोले ६ तथा सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्माले समान १-१ विकेट लिए ।
यसअघि पोखराले ३ खेलमध्ये २ मा हार र १ मा जित हासिल गरेको थियो भने कर्णालीले ४ खेलमा २ मा जित र २ मा हार ब्यहाेरेकाे थियाे ।


प्रतिकृया दिनुहोस