• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एसीसी महिला यु-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । एसीसी महिला यु-१९ एसिया कप क्रिकेट लागि नेपाली टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेकाे हो ।

टोलीमा कप्तान पूजा र उपकप्तानमा सोनी पाख्रिनसँगै साना प्रवीन, ज्याेत्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।

महिला यु-१९ एसिया कप यही मंसिर ३० देखि पुस ७ गतेसम्म मलेसियामा हुँदैछ ।

गत कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटकाे एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि ठाउँ बनाएकाे थियाे ।

प्रतिकृया दिनुहोस