एनपीएल : चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ राेजेकाे चितवनले हसन इशाखिलकाे अर्धशतकीय पारिकाे मद्दतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायाे ।
चितवनका लागि इशाखिलले ६५ रन बनाए । रवि बोपाराले ३६, विपिन रावलले १७ र कुशल मल्लले १३ रन थपे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगुलेइनले २ तथा ब्राण्डम म्याकमुलेन, दीपेन्द्रसिंह ऐरी र सैफ जैवले समान १-१ विकेट लिए ।
सुदूरपश्चिमले यसअघिका ३ खेलमा जित निकालेको छ । समान खेलमा चितवनले २ खेल जितेकाे छ भने १ खेल हारेकाे छ ।


प्रतिकृया दिनुहोस