• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

एनपीएल : चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ राेजेकाे चितवनले हसन इशाखिलकाे अर्धशतकीय पारिकाे मद्दतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायाे ।

चितवनका लागि  इशाखिलले ६५ रन बनाए । रवि बोपाराले ३६, विपिन रावलले १७ र कुशल मल्लले १३  रन थपे  ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगुलेइनले २ तथा ब्राण्डम म्याकमुलेन, दीपेन्द्रसिंह ऐरी र सैफ जैवले समान १-१ विकेट लिए ।

सुदूरपश्चिमले यसअघिका ३ खेलमा जित निकालेको छ । समान खेलमा चितवनले २ खेल जितेकाे छ भने १ खेल हारेकाे छ ।

प्रतिकृया दिनुहोस