• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनायाे ।

सुदूरपश्चिमका लागि सैफ जैबले ९० रन बनाए ।  कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९, ब्रान्डन माक्मलेनले २३, विनोद भण्डारी १७ कप्तान र स्कट कुगेलेइनले नटआउट ११ रन बनाए । 

बलिङतर्फ लुम्बिनीका लागि रामोन सिमोण्ड्सले २ तथा कप्तान रोहित पौडेल र विवेक यादवले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले खराब प्रदर्शन गरिरहेकाे छ ।

प्रतिकृया दिनुहोस