• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा खेल्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई वटा खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दैछन् । कर्णालीले यसअघि खेलेका दुवै खेल हारेको छ भने चितवनले दुवै खेल जितेको छ ।

आजै दिउँसाे १ बजे त्रिवि मैदानमै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दै छन् । अहिलेसम्म एक खेल खेलेको लुम्बिनि त्यसमा पराजित भएकाे छ । पोखराले पनि अहिलेसम्म खेलेका दुवै खेल हारेको छ ।

प्रतिकृया दिनुहोस