एनपीएल : सुदूरपश्चिमले काठमाडाैंलाई दियाे १६८ रनको लक्ष्य
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडाैं गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलनले ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाए ।
बलिङतर्फ काठमाडाैंका रशिद खानले २ तथा हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले समान १-१ विकेट लिए ।


प्रतिकृया दिनुहोस