• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : विराटनगरले लुम्बिनीलाई २ विकेटले हरायाे

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएकाे दाेस्राे खेलमा विराटनगरले लुम्बिनीलाई २ विकेटले पराजित गरेकाे हाे ।

लुम्बिनीले दिएकाे १ सय ९२ रनकाे लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । विराटनगरका लागि लाेकेश बमले ७१, बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८ र क्रिस साेलले नटआउट १४ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ताले ३, रेमन सिमोन्ड्स र साद बिन जफरले समान २-२ तथा विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएकाे थियाे । लुम्बिनीले जारी प्रतियोगिताकाे अहिलेसम्मकै उच्च योगफल हाे ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६, टम मुर्सले ३०, अर्जुन साउदले १७, आशुतोष घिरौयाले १५  र साफ जफरले समान १५-१५ तथा सन्दीप जोराले १२ रन बनाए । लुम्बिनीले एक्स्ट्रा २९ पायाे ।

बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने, राजेश पुलामी र इस्मात आलमले समान १-१ विकेट लिए । लुम्बिनीका ४ ब्याट्म्यान रनआउट भएका थिए ।

प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो ।

प्रतिकृया दिनुहोस