एनपीएल : लुम्बिनीले विराटनगरलाई दियाे १९२ रनको लक्ष्य
काठमाडौं । काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायाे । लुम्बिनीले जारी प्रतियोगिताकाे अहिलेसम्मकै उच्च योगफल बनाएकाे हाे ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६, टम मुर्सले ३०, अर्जुन साउदले १७, आशुतोष घिरौयाले १५ र साफ जफरले समान १५-१५ तथा सन्दीप जोराले १२ रन बनाए । लुम्बिनीले एक्स्ट्रा २९ पायाे ।
बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने, राजेश पुलामी र इस्मात आलमले समान १-१ विकेट लिए । लुम्बिनीका ४ ब्याट्म्यान रनआउट भएका थिए ।


प्रतिकृया दिनुहोस