• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ओली दाहाल भेटवार्ता : मन्त्रिमण्डल पुनर्गठनकाे चर्चा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार पाँच वर्ष चल्छ भन्ने अभिव्यक्ति दिएपछि पहिलो पटक नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली र प्रचण्डबीच शनिबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको जानकारी प्राप्त भएको छ । 

अध्यक्ष प्रचण्डले विगतमा भारत भ्रमणको क्रममा आफू र ओलीबीच ‘पावर शेयरिङ’ मा सहमति भएको भनेका थिए भने आलोपालोको सहमति भएको पनि बताइएको थियो । ओली नेतृत्वको सरकारले हालै एक वर्ष पूरा गरेको छ र एक वर्ष पूरा भएको अवसरमा देशवासीको नाममा गरेको सम्वोधनमा आफ्नो सरकार पाँच वर्षै चल्ने बताएका थिए । 

ओलीको यो अभिव्यक्तिसँगै प्रधानमन्त्री पद आलोपालो गरिने सम्भावना समाप्त भएको मानिएको छ । त्यसैबीच भेनेजुयला लगायतका प्रकरणमा ओली र प्रचण्डबीच सम्वन्ध चिसिएको आकलन गरिएको थियो । 

ओली सरकार एक वर्ष पुग्नासाथ मन्त्रिमण्डल पुर्नगठनको पनि चर्चा सुरु भएको छ । स्रोत अनुसार अध्यक्ष दाहालले मन्त्रिमण्डल पुर्नगठनका लागि प्रयास गर्ने भनेर केही सांसदहरुलाई वचन दिइसकेका छन् । यता ओली पनि गतिलो काम देखाउन नसकेका केही मन्त्रीहरुलाई हटाउने पक्षमा रहेको बुझिन्छ । ओली र दाहालबीच शनिबारको छलफलमा मन्त्रीमण्डल पुनर्गठनको विषयमा कुराकानी भए नभएको पुष्टि हुन सकेको छैन । 

नेकपाका एक नेताका अनुसार पार्टी एकता प्रकृयालाई अगाडि बढाउने सम्वन्धमा दुई नेताबीच छलफल भएको हो । तर, नेकपाभित्र भने दुई नेताको भेटसँगै मन्त्रिमण्डल पुनर्गठन हुने चर्चा चलेको छ । प्रधानमन्त्री ओलीले एक वर्षसम्म मन्त्रिमण्डलमा हेरफेर नगरी कीर्तिमान बनाएका छन् । बीचमा शेरबहादुर तामाङले कानून मन्त्री पदबाट राजीनामा दिएको बाहेक प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल स्थिर राखेका छन् । 
 

प्रतिकृया दिनुहोस