• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेत्रहीन टी-२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेकाे छ ।

पाकिस्तानकाे लाहाेरमा मंगलबार भएकाे आफ्नाे चाैथाे खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेकाे हाे ।

नेपालले दिएकाे १ सय ९९ रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिका निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८७ रनमा समेटियो ।

त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रन बनाएकाे थियाे । नेपालका लागि नरेश चौधरीले ८० रन बनाए ।

जारी प्रतियाेगितामा नेपालकाे याे दाेस्राे जित हाे । पहिलो खेलमा श्रीलंकासँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले तेस्राे खेलमा अफगानिस्तानलाई हराएकाे थियाे ।

नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।  

जहाजको टिकट काट्ने पैसा नभएपछि नेपाली टाेली रेलमार्फत् भारत हुँदै पाकिस्तान पुगेको थियाे ।

प्रतिकृया दिनुहोस