तोकियो एनपीएलको टिकट मूल्य : सर्वसाधारण ३ सय, भीआईपी ७ सय
काठमाडाैं । मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियाेगिताकाे टिकट दर सार्वजनिक भएको छ ।
काठमाडाैंकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियाेगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) एनपीएलको टिकट दर साेमबार सार्वजनिक गरेको हो।
मंसिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीतर्फ ७ सय टिकट मूल्य ताेकिएको क्यानले जनाएको छ । लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीतर्फ ५ सय मूल्य तय गरिएको छ ।
एनपीएलको प्लेअफका खेल हेर्न सामान्यतर्फ ५ सय र भिआइपीतर्फ ७ सय टिकट मूल्य ताेकिएकाे छ । फाइनल खेलका लागि भने सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।
सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ ४ हजार ४ सय ८० र भिआइपीतर्फ ८ हजार ४ सय ४० मूल्य निर्धारण गरिएको छ ।
पुस ६ गतेसम्म चल्ने प्रतियाेगितामा ८ फ्रेन्चाईज टाेलीहरुबीच प्रतिष्पर्धा हुनेछ । साे प्रतियाेगिताकाे ट्रफी साेमबार प्रधानमन्त्री केपी शर्मा ओली र ८ मार्की खेलाडीले धरहरा परिरसरबाट सार्वजनिक गरेका थिए ।


प्रतिकृया दिनुहोस