• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आजदेखि नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात सुरु 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । आजदेखि नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात सुरु भएको छ । 

आजबाट पहिलो पटक नेपालबाट बङ्गलादेश तर्फ ४० मेगावाट विद्युत् निर्यात भएको हो । आज नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीको भर्चुअल सहभागितामा विद्युत् निर्यातको उद्घाटन गरिएको छ।

भारतीय ग्रिडको प्रयोग गरी नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिएको हो ।  

भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सिइआरसी) अनुमति दिएपछि नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात सुरु गरिएको ऊर्जा मन्त्रालयले  जनाएको छ । 

प्रतिकृया दिनुहोस