• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गर्‍याे सेवा

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । कतार एयरवेजले रुपन्देहीकाे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान थालेको छ । 

दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० मंगलबार अपराह्न विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ ।साे जहाज भैरहवाबाट यात्रु लिएर काठमाडौंका लागि उड्नेछ । त्यसपछि काठमाडौं हुँदै दोहा प्रस्थान गर्नेछ ।

कतार एयरवेजले अब नियमित रुपमा दोहा-भैरहवा-काठमाडौं-दोहा रुटमा एक उडान गर्नेछ । 

कतार एयरवेजको उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या ५ पुगेकाे छ । यसअघि गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर, फ्लाइ दुबई र थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस