• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

‘नमुनादीप कप’ भलिबल प्रतियोगिताको उपाधि लिखु तामाकोशी गाउँपालिकालाई 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपुमा भएको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिताको उपाधि लिखु तामाकोशी गाउँपालिका रामेछापले जितेको छ । 

बुधबार बिहान अरुणोदय मावि सैपुमा भएको खेलमा लिखु तामाकोशीले ३–१ लिखु गाउँपालिका ‘ए’ ओखलढुङ्गालाई सोझो सेटमा हराएको हो । 

पहिलो सेटमा १०–२५ अङ्कले हारेको लिखु तामाकोशीले त्यस पछि लगातार २५–२१ ,२५–२१ र २५–२२ अङ्क ल्याई विजयी भएको थियो । 

प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार ५ सय र उपविजेता लिखुले ७५ हजार ५ सय नगदसहित शिल्ड र मेडल पाएको छ । 

खेलमा रामेछापको गोकुलगंगा गाउँपालिका तृतीय भएको छ । मंगलबार लिखु पिके गाउँपालिका सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै गोकुलगंगा तृतीय भएको थियो । तेस्रो हुने टोलीले शिल्डसहित ५० हजार ५ सय रुपैँया प्राप्त गरेको छ ।   

विधागत रूपमा लिखु तामाकोशी गाउँपालिकाका विशाल ढुङ्गेल बेस्ट स्पाइकर, सागर तामाङ बेस्ट लिब्रो, रोशन मगर (सर्वोकृष्ट), लिखु ओखलढुङ्गाका युवराज श्रेष्ठ उत्कृष्ट सेटर र गोकुलगंगाका विवेक कार्की बेस्ट ब्लकर बनेका छन् । उनीहरूले नगद ३ हजारसहित शिल्ड प्राप्त गरेका छन् ।

प्रतियोगितामा रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टिम सहभागी थिए । प्रतियोगिताका लागि एमाले नेता रत्न गौतमले सबैभन्दा धेरै २ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सघाउने र लिखु क्षेत्रमा खेल पर्यटन विकास गर्न  विश्वास आयोजकले लिएको छ ।  

 यसैबिच क्लबले बुधबार बिहान आयोजना गरेको टग अफ वार प्रतियोगितामा अरुणोदय मावि विजयी भएको छ । लिखु गाउँपालिकालाई हराउँदै अरुणोदय माविको टिम विजयी भएको हो । ठग अफ वारका विजेताले २० हजार र उपविजेता टोलीले १० हजार नगदसहित शिल्ड पाए ।

 

 

प्रतिकृया दिनुहोस