साफ महिला च्याम्पियनसिप : पहिलाे हाफमा नेपाल र भारतबीच गोलरहित बराबरी
काठमाडाैं । काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलकाे दाेस्राे सेमिफाइनलमा नेपाल र भारतबीचकाे खेलकाे पहिलो हाफ बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले भारतलाई गाेलरहित बराबरीमा राेकेकाे हाे । नेपालले खेलमा गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । गाेल गर्न नसेकपनि नेपालले भारतमाथि दबाब भने बनाएको थियो ।


प्रतिकृया दिनुहोस