साफ महिला च्याम्पियनसिप : भुटानलाई ७-१ ले हराउँदै बंगलादेश फाइनलमा
काठमाडाैं । बंगलादेश काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।
काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसाे भएकाे पहिलो सेमिफाइनल खेलमा भुटानलाई ७-१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो ।
बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्, सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल गरिन् ।
दोस्रो सेमिफाइनल खेलमा अहिले घरेलु टाेली नेपालले भारतसँग खेलिरहेकाे छ ।


प्रतिकृया दिनुहोस