साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले हराएर समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
काठमाडाैं । घरेलु टाेली नेपाल साफ महिला च्याम्पियनसिप फुटबल प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएकाे खेलमा श्रीलंकालाई ६-० गाेल अन्तरले हराउँदै नेपाल समूह 'बी' को विजेता बनेर सेमिफाइनलमा पुगेकाे हाे ।
नेपालकाे जितमा रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले समान १-१ गाेल गरिन् ।
आजकाे जितसँगै नेपाल समूह 'बी' मा ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । भुटानले समूह 'बी' मा ३ खेलबाट समान ७ अंक जोडेपनि गोल अन्तरका आधारमा नेपाल शीर्ष स्थानमा उक्लिएकाे हाे ।
पहिलाे खेलमा भुटानसँग गाेलरहित बराबरी खेलेकाे नेपालले दाेस्राे खेलमा माल्दिभ्सलाई ११ गाेलले पराजित गरेकाे थियाे ।
नेपालले अब सेमिफाइनलमा आइतबार समूह 'ए' को उपविजेता भारतसँग भिड्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगलादेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।


प्रतिकृया दिनुहोस