• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

साफ महिला च्याम्पियनसिप : माल्दिभ्सलाई १३ गोलले हराउँदै भुटान सेमिफाइनलमा

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । माल्दिभ्स विरुद्ध सानदार जित निकाल्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएकाे खेलमा माल्दिभ्सलाई १३-० गाेल अन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा पुगेकाे हाे । भुटानको जितमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् ।

आजकाे जितसँगै  ३ खेलबाट ७ अंकको जोडेर भुटान समूह 'बी' काे शीर्ष स्थानमा उक्लिएकाे छ । पहिलाे खेलमा नेपालसँग गाेलरहित बराबरी खेलेकाे भुटानले दाेस्राे खेलमा श्रीलंकालाई ४-१ ले हराएको थियो ।

आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगाे लाग्नेछ । नेपाल र श्रीलंकाबीचकाे खेल साँझ साढे ५ बजे दशरथ रंगशालामै हुनेछ । समूह 'बी' मा नेपालकाे २ खेलबाट ४ अंक र श्रीलंकाको २ खेलबाट ३ अंक छ । 

पहिलाे खेलमा भुटानसँग बराबरी खेलेकाे नेपालले दाेस्राे खेलमा माल्दिभ्सलाई ११-० ले हराएकाे थियाे । समूह 'ए' बाट भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस