साफ महिला च्याम्पियनसिप : भारतलाई हराएर समूह विजेता बन्दै बंगलादेश सेमिफाइनलमा
काठमाडाैं । साविक विजेता बंगलादेश काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएकाे खेलमा भारतलाई ३-१ गाेल अन्तरले पराजित गर्दै बंगलादेश समूह विजेताका रुपमा सेमिफाइनल पुगेकाे हाे ।
बंगलादेशकाे जितमा तोहुरा खातुनले २ र अफिदा खान्दाकरले १ गोल गरिन् । भारतका लागि बाला देवीले १ फर्काइन् ।
समूह 'ए' मा बंगलादेश ४ अंकसहित समूह विजेता बन्दा भारत ३ अंकसहित उपविजेता बनेर सेमिफाइनल पुगेकाे छ । पहिलो खेलमा बंगलादेशले पाकिस्तानसँग १-१ गोलको बराबरी खेलेको थियो भने भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले हराएको थियो । २ खेलबाट १ अंक जोडेको पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएकाे छ ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस