• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

खाँडादेवी–७ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–७ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

शुभदीपावली २०८१ को अवसरमा वडा कार्यालयको प्रायोजन तथा खाँडादेवी खेलकुद विकास समिति वडा नं ७ को आयोजनामा अन्तरवडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । खाँडादेवी, सुनापती र दोरम्बा शैलुङ गाउँपालिका बीच हुने अन्तर वडा पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम कात्तिक २० गते देखि २२ गतेसम्म हुने आयोजकले जनाएको छ । खेलको लागि कात्तिक १८ गतेसम्म टिम दर्ताको समय तोकिएको छ ।

  प्रतियोगितामा प्रथम हुनेले नगद ६० हजार तथा शिल्ड मेडल र प्रमाण पत्र पाउने छ । त्यस्तै  द्वितीय हुनेले नगद ४० हजार शिल्ड मेडल र प्रमाण पत्र,  तृतीय हुनेले नगद २० हजार, शिल्ड मेडल र प्रमाण पत्र तथा सान्त्वना हुने टिमले नगद १० हजार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छ । खेलका उत्कृष्ट र विधागत खेलाडीलाई पनि सम्मान गरिने कार्यक्रम स‌ंयाेजक सविन थापा मगरले जानकारी  दिनुभयाे । 

 

प्रतिकृया दिनुहोस