हङकङ सुपर-६ का लागि सन्दीप जोराकाे कप्तानीमा नेपाली टोली घाेषणा
काठमाडौं । हङकङ सुपर-६ का लागि नेपाली टोलीको घोषणा गरिएकाे छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा हङकङ सुपर-६ खेल्ने टोली घोषणा गरेको हो । टोलीमा कप्तान जोरासहित लोकेश बम, विवेक यादव, प्रतिश जिसी, राशिद खान, नारायण जोशी र दीपेन्द्र रावत छन् ।
नेपाली टोलीको प्रशिक्षककाे जिम्मेवारी राष्ट्रिय क्रिकेट टाेलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई दिइएकाे क्यानले जनाएकाे छ ।
हङकङ सुपर-६ सिक्स आगामी नोभेम्बर १ देखि ३ (कात्तिक १६ देखि १८ गते) सम्म हङकङमा आयोजना हुँदैछ । नेपालले नोभेम्बर १ मा इंग्ल्याण्ड र नोभेम्बर २ मा अष्ट्रेलियासँग खेल्ने तालिका छ ।
.jpg)


प्रतिकृया दिनुहोस