• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

साफ महिला च्याम्पियनसिप : भुटानले श्रीलंकालाई ४-१ गोलले हरायाे

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियाेगितामा भुटानले पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा सोमबार भएको समूह 'बी' को खेलमा भुटानले श्रीलंकालाई ४-१ गोलले पराजित गरेको हाे । भुटानको जितमा डेकी हजोमले २, तथा दोर्जी इडोनले र नाम्गेल डेमाले १-१ गाेल गरिन् । श्रीलंकाकी मदुशिखाले १ गाेल फर्काइन् ।

आजकाे जितसँगै भुटान समूहमा ४ अंक जाेड्दै अंक तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । यसअघि भुटानले पहिलाे खेलमा नेपालसँग गाेलरहित बराबरी खेलेको थियो । श्रीलंकाले भने पहिलो खेलमा माल्दिभ्सलाई १-० गोलले हराएको थियो ।

समूह 'बी' अर्काे खेलमा आजै नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस