• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाली राष्ट्रिय फुटबल टाेलीको अन्तरिम मुख्य प्रशिक्षकमा नविन न्यौपाने

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टाेली अन्तरिम मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त हुनुभएकाे छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई साेमबार अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयाेजित कार्यक्रममा एन्फा महासचिव किरण राईले न्यौपानेलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएकाे हाे ।

एन्फाले यसअघिका प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेससँगको सम्झौता नवीकरण नगर्ने निर्णय लिए यता राष्ट्रिय टाेली मुख्य प्रशिक्षकविहीन थियो ।

एन्फाले चेतन घिमिरेलाई सहायक प्रशिक्षक र नवीन महर्जनलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिएको छ । अन्तरिम प्रशिक्षक घिमिरे र महर्जनले पनि सोमबार नै नियुक्तिपत्र बुझ्नुभएकाे छ ।

न्यौपानेले ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टाेली घोषणा गर्नुहुनेछ । नेपालले आगामी नोभेम्बरमा ताजिकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

प्रतिकृया दिनुहोस