• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

अमेरिकासँगको टी-२० सिरिजका लागि नेपाली टाेली अभ्यासमा व्यस्त (तस्विरहरु)

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टाेली अमेरिकासँग टी- २० सिरिजको तयारीका लागि अमेरिकामा अभ्यासमा जुटेकाे छ ।

अमेरिकासँगकाे सिरिजका लागि नेपाली टाेलीले साेमबारदेखि अभ्यास गरिरहेकाे नेपाल क्रिकेट संघ (क्यान) क्यानले जनाएकाे छ । नेपाली टाेली क्यानडा टूर सकेर उतैबाट अमेरिका पुगेर अभ्यासमा जुटेकाे हाे ।

नेपाल र अमेरिकाबीचको खेल अक्टाेबर १८ देखि सुरु हुनेछ । नेपालले पहिलो खेल आगामी शुक्रबार (अक्टाेबर १८), दोस्रो खेल आइतबार (अक्टाेबर २०) र तेस्रो खेल सोमबार (अक्टाेबर २१) खेल्ने क्यानले जनाएकाे छ ।

सबै खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि सुरु हुने छन् । तीन वटै खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुनेछन् ।

हेर्नुस् तस्विर : (तस्विर स्राे : क्यान)

 

प्रतिकृया दिनुहोस