नेपाल र अमेरिकाबीच हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक
काठमाडाैं । नेपाल र अमेरिकाबीच हुने ३ खेलको टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल र अमेरिकाबीचको खेल अक्टाेबर १८ बाट सुरु हुनेछ । नेपालले पहिलो खेल आगामी शुक्रबार (अक्टाेबर १८), दोस्रो खेल आइतबार (अक्टाेबर २०) र तेस्रो खेल सोमबार (अक्टाेबर २१) खेल्ने क्यानले जनाएकाे छ ।
सबै खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि सुरु हुने छन् । तीन वटै खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुनेछन् ।
नेपाली टाेली क्यानडा टूर पुरा गरेर अमेरिका पुगिसकेको छ ।
.jpg)


प्रतिकृया दिनुहोस