• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाल र अमेरिकाबीच हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल र अमेरिकाबीच हुने ३ खेलको टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल र अमेरिकाबीचको खेल अक्टाेबर १८ बाट सुरु हुनेछ । नेपालले पहिलो खेल आगामी शुक्रबार (अक्टाेबर १८), दोस्रो खेल आइतबार (अक्टाेबर २०) र तेस्रो खेल सोमबार (अक्टाेबर २१) खेल्ने क्यानले जनाएकाे छ ।

सबै खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि सुरु हुने छन् । तीन वटै खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुनेछन् ।

नेपाली टाेली क्यानडा टूर पुरा गरेर अमेरिका पुगिसकेको छ । 

प्रतिकृया दिनुहोस