तनहुँमा ससुराली गएका ज्वाइँकाे नदीले बगाएर ज्यान गयो
तनहुँ । तनहुँको व्यास नगरपालिका-६ श्याम्घामा मादी नदीमा नुहाउने क्रममा आज एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा नवलपुरको गैंडाकोट नगरपालिका-२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेका प्रहरीले जनाएकाे छ । नदीले बगाएको ठाउँबाट एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।
दशैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो ।
- रासस


प्रतिकृया दिनुहोस