• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

काभा यु-२० च्याम्पियनसिप : उपाधि जित्न चुक्यो नेपाल, उज्वेकिस्तान विजयी

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० पुरुष च्याम्पियनसिपमा नेपाल उपाधि जित्न असफल भएकाे छ ।

श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइलन खेलमा उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित भएसँगै नेपाल उपाधि जित्न असफल भएको हो ।

बिहीबार भएको लिग चरणकाे आफ्नाे अन्तिम खेलमा तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेकाे थियाे ।तुर्कमेनिस्तानसँग समान १० अंक भएपनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको थियाे । उज्वेकिस्तान भने समूह चरणका सबै पाँच खेल जितेर अंक तालिकाकाे शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । 

नेपालले च्याम्पियनसिपकाे समूह चरणमा श्रीलंका र माल्दिभ्सलाई समान ३-० सेटमा हराएको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ काे सेटमा हारेको थियो ।

प्रतिकृया दिनुहोस