• २१ श्रावण २०८३, बिहीबार
  • Thursday,06 August,2026

'एक पलिका एक उद्योग कार्यक्रम' ल्याउन आवश्यक: शुकमाया तामाङ

समाचार

समाचार

हेटौंडा । रोजगार सिर्जना गर्न सम्भाव्यता अध्ययन गरेर 'एक पलिका एक उद्योग कार्यक्रम' ल्याउन आवश्यक रहेको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले बताउनु भएको छ ।

बागमती प्रदेश सरकार, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय तथा मातहतका कार्यालयहरुको समीक्षा कार्यक्रममा उहाँले कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै यस्तो बताउनु भएको हो । 

पछिल्लो समय देशमा रोजगार नहुँने र बेरोजगारको संख्या बढ्ने क्रममा रहेकाले यसलाई नियन्त्रण गर्न स्थानिय स्तरमा रहेको श्रोतको पहिचान गर्ने कार्यको थालनी गर्नु पर्छ, मन्त्री तामाङले भन्नुभयो- 'त्यो स्थानिय तहमा भएको श्रोतलाई सदुपयोग गरेर साना वा मझौला उद्योगको स्थापना गर्नु पर्छ ।'

बागमती प्रदेश सरकार, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय तथा मातहतमा १४ वटा कार्यालयहरु रहेका छन् । सोहि कार्यालयहरुको आ.व. २०८०/०८१ को वार्षिक  प्रगति समीक्षा गोष्ठी भएको थियो ।  गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री तामाङले नदि उकास जमिनलाई सदुपयोग गर्न आवश्यक रहेकोपनि बताउनुभयो ।

उहाँले माताहतका कार्यालयहरुलाई सेवाग्राही मैत्रि व्यवहार गर्न पनि निर्देशन दिनुभयो । उद्यमीहरुलाई दर्ता,नविकरण तथा खारेजी जस्ता कार्यहरु गर्न केहि सहज बनाउन कानुन संसोधन गरेर अघि बढ्न आवश्यक प्रकृया थाल्ने पनि उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस