भारतमा बस दुर्घटना, २० जनाको निधन
एजेन्सी । भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको निधन भएको छ ।
कन्नौजको गुरसहाय गञ्जबाट जयपुरका लागि छुटेको बस शुक्रबार राति ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । बसमा सवार २१ जनालाई तत्काल उद्धार गरेर अस्पताल पठाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू दुखी भएको बताएका छन् ।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएकाको उपचार गर्ने बताएका छन् । उनले प्रदेश सरकारले घाइतेको उपचारका लागि प्रति परिवार ५० हजार र मृतकका परिवारलाई समान २ लाख रुपैयाँ राहतस्वरुप दिने बताएका छन् ।
उनले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।


प्रतिकृया दिनुहोस