• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपालको सत्रु कोही छैन, कुनै मुलुक विरुद्ध कुनै पनि कार्ड खेल्दैन : ओली

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कुनै पनि देश विरुद्ध कुनै पनि किसिमको कार्ड नखेल्ने बताएका छन् । उनको भनाई छ– ‘ नेपालले खुलस्त र पारदर्शी ढंगले अन्तराष्ट्रिय र छिमेक सम्वन्धहरुमा व्यवहार गरिरहेको छ । यसमा कुनै कतै द्धिविधाको ठाउँ नै छैन । एक ठाउँमा एउटा कुरा र अर्काे ठाउँमा अर्काे कुरा गर्ने काम हामीबाट हुँदैन ।’

काठमाडौंमा प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटन गर्दै ओलीले भने– ‘हामी कुनै मित्र विरुद्ध कुनै पनि कार्ड खेल्दैनौं । हाम्रो कोही सत्रु छैन ।’ 

सबै देश स्वतन्त्र छ र कुनै देशमा कुनै समस्या छ भने त्यहाँका जनताले स्वतन्त्रतापूर्वक संवादको माध्यमबाट शान्तिपूर्ण समाधान गर्नुपर्छ भन्ने धारणा राख्दै ओलीले भने– ‘कुनै पनि देशमा वाह्य हस्तक्षेप हुन वाञ्छनीय हुन सक्दैन । यो संयुक्त राष्ट्रसंघको वडापत्रको कुरा हो, पञ्चशीलको सिद्धान्तको कुरा हो । त्यसलाई हामीले पछ्याएका छौं । सममान गरेका छौं ।’ 

उनले भने– ‘छिमेकीसँग होस् या अरुसँग होस्, कसैसँग कुनै प्रकारको असमझदारी बढाउँछु भन्ने प्रयास गर्छ भने त्यो असफल प्रयास हुनेछ । बुद्धि पनि ठिक ठाउँमा लगाउनु नि, यस्ता नचाहिँदो नचाहिँदो ठाउँमा किन लगाउनु ?’ 

‘हामी देश विकासमा लागेका छौं । यसलाई विथोल्ने, जनतालाई त्रशित बनाउने, हिँसात्मक काम गर्ने, जनतामा असन्तुष्टि भड्काउने, भ्रम फैलाउने काम लोकतन्त्र र जनताको पक्षमा छैन । त्यस बाटोमा जान हुँदैन’– ओलीले भने । 

ओलीको भनाई थियो– ‘म देखिरहेको छु, अन्तराष्ट्रिय सम्वन्ध बिगार्न खुब कोसिस भइरहेको छ । खुब कोसिस भइरहेको छ । मैले सार्वभौम सत्ताको कुरा गरे । कसैले भन्छ– यो सर्वाभौमसत्ता कोप्रति लक्षित छ ? कोप्रति लक्षित छ ? स्वाधीनताको कुरा पनि गरेको छु । यो कोप्रति लक्षित छ ? यस्ता प्रश्न गर्ने र ताकेको छ कतै भन्ने । विभिन्न यस्ता प्रयासहरु तपाईहरुले देखिरहनुभएको छ । ती प्रयास पनि कुनै काम लाग्ने छैन ।’ 

सुस्पष्ट विदेश नीति, परराष्ट सम्वन्धका उपयुक्त आधारहरुका साथ खुलस्त र पारदर्शी ढंगले अन्तराष्ट्रिय मञ्च र छिमेक सम्वन्धमा नेपालले व्यवहार गरिरहेको उनले बताए । 

ओलीले यो बहुमतको सरकार हो र पाँच वर्ष आरामसँग चल्छ भन्ने विचार राख्दै भने– ‘नेपालले सदाचार सुशासन विकासको स्पष्ट बाटो लिएको छ । विकासको बाटो लिएको छ । त्यही बाटोको एउटा अंग आज हामीले सुरु गरेको यो कार्यक्रम हो ।’ 

प्रधानमन्त्री ओलीले अगाडि भने– ‘सुस्पष्ट नीति बहुमतको सरकार, भिजन सहितको सरकार काम गर्ने सरकार । यो सरकारले दिनहुँ पिच्छे नयाँ नयाँ काम ल्याएको ल्यायै छ, अगाडि बढाएको बढायै छ ।’ 

उनले एउटा कथा पनि भने । कथा यस्तो छ– ‘एउटा भैंसी हेरेर एउटा जीवले भनेछ– ‘मरे देखि खान्थें । हेर्दाहेर्दै भंसी व्यायो, दूध दियो, पाडी पनि पायो । मर्ला र खाउँला भन्ने जीवले भनेछ यै दिन देख्न पर्ला भनेर म आजसम्म बाँचेको रहेछु ।’

कथा भनिसकेपछि जोड दिएर ओलीले भने– ‘नेपाली जनताले यही दिन देख्न खोज्या हो ।’ 

प्रतिकृया दिनुहोस