• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रामेछाप क्यानको साधारण सभा, कम्प्युटर सफ्टवेयरको प्रशिक्षण 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ रामेछाप शाखाको चौथो वार्षिक साधारण सभा शुक्रबार मन्थलीमा सम्पन्न भएको छ ।

क्यान महासंघ केन्द्रीय सचिव शेखरनाथ दुलालको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष नीरज सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा क्यानको संस्थागत गतिविधि माथि छलफल हुनुका साथै प्राविधिक कक्षा समेत सञ्चालन गरिएको थियो । 

कार्यक्रममा बोल्दै दुलालले यस्ता कार्यक्रमले प्रविधिको ज्ञान विस्तार हुँदै जाने बताउनुभयो । यस्तो कार्यक्रम देश भर सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । 

कार्यक्रममा कम्प्युटर र सोसँग सम्बन्धित विभिन्न सफ्टवेयर लगायतका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न निकायका ७५ जनाको सहभागिता रहेको थियो कक्षाको सहजीकरण आईटी विज्ञ ओमकार बस्नेतले गर्नु भएको थियो ।

क्यान रामेछाप शाखाको आयोजना र क्यान महासंघ डिजिटल ट्रान्सफर्मेशन समिति, क्यान महासंघ स्टार्टअप एण्ड इनोभेसन समिति, क्यान महासंघ जिल्ला, प्रदेश समितिको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । क्यान जिल्ला शाखाका सदस्य, विद्यार्थी, सामाजिक संस्थाका सदस्यलाई डिजिटल ट्रान्सफर्मेशनको माध्यमबाट डिजिटल गतिविधि, दैनिक व्यवस्थापन, डाटा सुरक्षा र कम समयमा प्रोडक्टिभिटीमा वृद्धि गर्ने सिप प्रदान गर्न कार्यक्रम आयोजना गरियो संस्थाका जिल्ला अध्यक्ष नीरज सापकोटाले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस