नागढुंगा-नौबिसे सुरुङको 'रेस्क्यू टनेल' को ब्रेक थ्रु (तस्विरहरु)
काठमाडाैं । नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेल (आपतकालीन उद्धार सुरुङ) को 'ब्रेक थ्रु' भएको छ ।
साे सुरुङमार्गको 'रेस्क्यू टनेल' को साेमबार ब्रेक थ्रु भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा रेस्क्यु टनेलको ब्रेक थ्रु भएकाे हाे ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ५ गते साे सुरुङमार्गकाे शिलान्यास गर्नुभएकाे थियाे । उहाँ नेतृत्वकाे एमाले सरकारले नै सुरुङ मार्ग निर्माणकाे काम अगाडि बढाएकाे थियाे ।
२ दशमलव ५ किलोमिटर रहेको साे सुरुङ मार्गको रेस्क्यु टनेलसँगै मुख्य टनेलको काम अब १८ प्रतिशत मात्र बाँकी छ ।
हेर्नुस् तस्विर:
.jpg)
.jpg)
.jpg)
तस्विर स्राेत : रासस


प्रतिकृया दिनुहोस