तामाङ घेदुङ र मगर संघ निरन्तर आन्दोलनमा (तस्वीरहरु/भिडियाे)
काठमाडौं । नेपाल तामाङ घेदुङ र नेपाल मगर संघ सहित विभेदकारी कानून खारेजी राष्ट्रिय अभियानले भगवती पाण्डेलाई कारवाही र शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमन विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको बानेश्वरमा विवादास्पद अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारवाही र शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमन र ज्यादति गरेको भन्दै त्यसकोविरुद्ध विरोध कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा नुवाकोट प्रदेश सांसद राधिका तामाङले आन्दोलनमा प्रहरीले महिलाहरुको संवेदनशील अंगमा प्रहार गरेको भन्दै दोषीलाई कारवाही गर्नु पर्ने बताउनुभयाे ।
भिडियाे:
सांसद तामाङले जसको निर्देशनमा भएको भएता पनि निष्पक्ष छानविन गरेर दोषी माथि कारवाही गर्न आफुहरुले गृह मन्त्रीसँग कुरा राखिसकेपनि त्यसकै दबाबको लागि आन्दोलनमा उत्रिएको बताउनुभयाे ।
‘आन्दोलनमा महिलाहरुको संवेदनशील अंगमा प्रहार गर्नुभएको छ, छुनु भएको छ, दमन गर्नुभएको छ यो निन्दनीय छ । जस्को निर्देशनमा भएको भएतापनि उहाँ यसको कारवाहीको भागेदार हुनुपर्छ' उहाँले भन्नुभयाे- 'निष्पक्ष छानविन गरेर दोषी माथि कारवाही गर्न हामीले गृह मन्त्रीलाई भनिसेका छौं । त्यसकै दबावको लागि विरोध गरेका हौं ।’
संघिय संसदमा विषयले प्रवेश पाएको बताउँदै उहाँले गृह मन्त्रीले गरेकाे बाँचा पूरा नभए संसददेखि सडकमा सम्म यो विषयलाई प्राथमिकता ल्याउने चेतावनी समेत दिनुभएकाे छ ।
यस अघि आजै उनीहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
तस्वीरहरु:





प्रतिकृया दिनुहोस