निर्माण व्यवसायी महासंघद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घाेषणा
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दाेलनका थप कार्यक्रम घाेषणा गरेकाे छ ।
पहिलो चरणको आन्दोलन सकिएसँगै महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो र तेस्रो चरणको आन्दोलनको कार्यक्रम घाेषणा गरेकाे हाे ।
सरकारले आफूहरुका माग सम्बाेधन नगरेकाले आन्दाेलनका थप कार्यक्रम घाेषणा गर्नुपरेकाे महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयाे । पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न हुँदा समेत आफूहरुका माग सम्बोधन नभएकाले दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरिएको उहाँले बताउनुभयाे ।
उहाँका अनुसार भाेलिदेखि शुक्रबारसम्म दाेस्राे चरणकाे आन्दाेलनका कार्यक्रम हुनेछन् । दाेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत भोलिदेखि २६ गतेसम्म सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टीसहित हरेक दिन बिहान ९ बजेबाट महासंघदेखि संसद् भवनसम्म सिठ्ठी जुलुस प्रदर्शन गरिने महासचिव दाहालले जानकारी दिनुभयाे ।
दाेस्राे चरणमा पनि माग पूरा नभए तेस्राे चरणकाे आन्दाेलन थाल्ने महासंघकाे चेतावनी छ । महासंघले तेस्राे चरणकाे आन्दाेलनका कार्यक्रम पनि आजै सार्वजनिक गरेकाे छ । जसमा अत्यावश्यक बाहेकका सबै निर्माण कार्य अनिश्चितकालका लागि ठप्प पार्ने लगायत कार्यक्रम छन् ।
सबै निर्माण कार्यकाे भुक्तानी हुनुपर्ने लगायत ९ बुँदे माग राखेर महासंघले साउन १४ गतेदेखि पहिलाे चरणकाे आन्दाेलन थालेकाे थियाे ।
.jpg)



प्रतिकृया दिनुहोस