• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

काठमाडाैंमा नेपाली हाते कागजकाे विशेष मेला

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपाली हाते कागजकाे विशेष मेला काठमाडाैंमा सुरु भएकाे छ ।

नेपाली हाते कागजकाे एक दिने विशेष मेला शुक्रबार काठमाडाैंकाे गाैशालामा सुरु भएकाे हाे । बिहान साढे १० बजेदेखि सुरु भएकाे मेला ६ बजेसम्म चल्नेछ । मेलामा हाते कागजका सामानहरु प्रदर्शनीमा राखिएकाे छ ।

नेपाल हाते कागज संघ र हाेटल संघकाे आयाेजना र नेपाल हस्तकला महासंघकाे सहकार्यमा मेला आयाेजना गरिएकाे हाे ।

मेलामा बाेल्दै उद्योग तथा वाणिज्य सचिव मधु मरासिनीले हाते कागजले नेपालकाे पहिचान, संस्कृति र परम्परा बाेकेकाे बताउनुभयाे । देशकाे अर्थतन्त्रलाई अघि बढाउन हाते कागजका उत्पादन महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयाे ।

नेपाली उत्पादनलाई विदेशीहरुले अत्यधिक मन पराउने गरेकाे भन्दै सचिव मरासिनीले यसकाे अनुसन्धान र बजारीकरणका लागि हाते कागज संघले आम्दानीकाे केही रक छुट्याउनुपर्ने सुझाव दिनुभयाे ।

हेर्नुस् तस्विर:

प्रतिकृया दिनुहोस