• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

जनमतले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने (भिडियाे)

समाचार

समाचार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले, आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकले सरकारमा सहभागि हुने वा नहुनेबारे ठोस निर्णय गर्ने बताउनुभएकाे छ । 

बिहीबार पत्रकारसंग उनले आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले सरकारमा सहभागिताबारे ठोस निर्णय गर्ने बताउनुभयाे ।  

संगठन सुदृढिकरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल हुने पनि उहाँले जानकारी दिनुभयाे ।

‘मुख्य एजेण्डा भनेको संगठन सुदृढिकरण अभियान चल्दै छ, त्यसलाई अझै कसरी प्रभावकारी बनाउने विषयमा नै केन्द्रीत रहेको छ । विभिन्न समितिहरुमा मनोनीत गर्नुपर्ने नामहरु टुङ्ग्याउन र विभिन्न विभागहरु गठन गर्नको लागि यो बैठक राखिएको हो । सरकारमा सहभागीताको विषयमा पनि ठोस छलफल हुनेछ’ उहाँले भन्नुभयाे ।

सो पार्टीको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । 
 

प्रतिकृया दिनुहोस